धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्।
फागुन २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरे पनि संसदीय दलको बैठकले शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो।