काठमाडौं- सरकारले स्वास्थ्य समूहका ११ जनालाई ११औं तहमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा समूहका ११ जना अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय भएको हो।
बढुवा हुनेहरुमा चिकित्सक तर्फ ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा निलमकुमार खड्का, अर्थोपेडिक्स सर्जन डा ओमप्रकाश अर्याल, इएनटी सर्जन डा दिपेन्द्र गौतम र रेडियोलोजिष्ट डा विश्वनाथ शर्मा, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामनरेश पण्डित र डा विनोद सिंह ११औं तहमा बढुवा भएका छन्।
नर्सिङ तर्फ सरिता कार्की र मञ्जु यादव एघारौँ तहमा बढुवा भएका छन्।