काठमाडौं- वीर अस्पतालको आकस्मिक कक्ष गोदाम घरजस्तै भएको भन्दै संघीय संसदमा सवाल उठाइएको छ। प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद् बिमला सुवेदीले आकस्मिक कक्षदेखि सघन कक्षसम्ममा अव्यवस्था कायम रहेको बताएकी हुन्।
उनले भनिन्, 'वीर अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको पाइएको छ। वीरको आकस्मिक कक्षको कोठा गोदाममा बदलिएको छ। आइसियुदेखि बेडसम्म खाली भएपनि सञ्चालनमा छैनन्। निजी अस्पतालमा जानुपर्ने हुन्छ। किन यस्तो भयो भन्दा जनशक्तिको अभाव रहेको बताइन्छ।'
पूर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतले एकैपल्ट दुई सय जना हटाउँदा उक्त समस्या आएको बताइएको उनले उल्लेख गरिन्छ। तुरुन्त उक्त जनशक्ति पूरा गरी सेवा प्रवाह प्रभावकारी बनाउन उनले माग गरिन्।