काठमाडौं- गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री बुधबार सुरेन्द्रराज पाण्डेले राजीनामा वुझाएपछि नयाँ सरकार गठनका लागि सुचना जारी गरिएको हो।
प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधानको धारा १ सय ६८ को उपधार २ अनुसार आह्वान गरेका हुन्। ‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु।’
नयाँ सरकार गठन गर्न चाहनेले चैत २७ गतेभित्र बहुमतसति उपधारा २ अनुसार प्रस्ताव पेश गर्नुपर्नेछ। निर्वतमान मुख्यमन्त्री पाण्डे उक्त उपधारामा सके आफैं मुख्यमन्त्री बन्ने नत्र अर्को उपधारा ३ मा लैजाने रणनीतिमा छन् । नेकपा एमाले र माओवादीको सत्ता गठवन्धन भने उपधारा २ अनुसार नै बहुमत पुर्याएर सरकार बनाउन सक्रिय छन्।