काठमाडौं- मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजनाग र्ने भएको छ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसिक फर नर्स कार्यशाला ताली मयही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिने अस्पतालका प्रमुख विजय रिमालले बताए।
उक्त कार्यशाला तालीमको उद्घाटन समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले गर्ने अस्पतालले जनाएको छ।
मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालहरुमा कार्यरत् नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले विशिष्टिकृत कार्यशाला तालीमको आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए।
विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुलफिजियोलोजी, शकम्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतकविषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट श्रीवास्तवले बताए।