चितवन- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पतालको अनुगमन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन्।
उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो अवसरमा जनताले सोचे अनुसार काम गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा सरकारले तत्परताले दिने बताए।