काठमाडौं- त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ। अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार सम्पन्न भएको हो।
डा लाईकमबमको पहलमा ब्लू क्रस अस्पतालको सहकार्यमा नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज ९नेसोग०को आयोजनामा कार्यशाला सञ्चालन भएको हो। कार्यशाला विशेषगरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुका लागि आयोजना गरिएको हो। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यशालामा डा रंगीना लाईकमबमले हिस्टेरोस्कोपी प्रविधि बारे विस्तृत चर्चा गरेकी थिइन्। नेपालका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई प्रत्यक्ष लाइभ शल्यक्रिया समेत गरेर उक्त शल्यक्रिया बारे प्राविधिक जानकारी दिइएको थियो।
कार्यक्रमको प्रमुख अतिथि अन्तराष्ट्रिय स्तरमै प्रख्यात वरिष्ठ गाइने इण्डोस्कोपिक सर्जन डा राहुल मनचन्दा थिए भने विशेष अतिथिको नेसोगका ईलेक्ट प्रेसिडेन्ट डा पदम राज पन्त थिए।
ब्लू क्रस हस्पिटलका सञ्चालक समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले यस्ता कार्यशाला अति नै महत्वपूर्ण हुने बताए।
हस्पिटलका मेडिकल डाइरेकटर डा प्रज्वल मान श्रेष्ठले ब्लू क्रस हस्प्टिलमा कार्याशाला आयोजना गरेकोमा नेसोलाई विशेष धन्यवाद दिए।
हस्पिटलकी बित्त तथा प्रशासनिक निर्देशक सतीदेवीले कार्यशाला निकै उपलब्धिमुलक रहेको बताइन्।