काठमाडौं- नेपाल जनस्वास्थ्य संघ (नेफा) को नयाँ कार्यसमिति निर्वीरोध निर्वाचित भएको छ। उम्मेद्धारको अन्तिम नामावली प्रकाशित गर्ने दिन प्रतिस्पर्धी उम्मेद्धार नै नभएपछि केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो।
संघको १५ सदस्यीय कार्य समिति समितिमा १४ जनाको उम्मेद्धारी कायम भएपछि निर्वाचन समितिले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिदिएको छ। यो संगै एक जना सदस्य पद खाली रहेको छ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा धादिङका कृष्णमान शाक्य निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा भक्तपुरका तेजप्रसाद दुलाल र महासचिवमा ताप्लेजुङका कैलाश खाकी श्रेष्ठ निर्वाचित भएका छन्। यसैगरी सचिव पदमा ललितपुरका भीमप्रसाद सापकोटा, कोषाध्यक्षमा प्युठानका विजय ढकाल र सह कोषाध्यक्ष (समावेशी)मा सर्लाहीकी मायाकुमारी गोले निर्वाचित भएका छन्।
सदस्यहरु समावेशीमा दिलिपकुमार यादव सर्लाही, अनुजा खनाल चितवन निर्वाचित भएका छन्। यस्तै खुल्ला सदस्य तर्फ नरेशप्रसाद जोशी बझाङ, श्रीकृष्ण बस्नेत काठमाडौँ, विकेश मल्ल बझाङ रहेका छन्। यस्तै विनोदकुमार पोखरेल प्यूठान, मनोज सिग्देल सर्लाही र अमृत विष्ट बैतडी पनि निर्विरोध निर्वाचित भएका छन्।