काठमाडौं- सुर्खेतस्थित आयुर्वेदिक अस्पताल अनुसन्धान केन्द्र तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने अध्ययन अनुसन्धान तालिम सम्पन्न भएको छ।
कर्णाली प्रदेश अन्तर्गत १३ जिल्लाका आयुर्वेद चिकित्सक,चिकित्सक, ल्याबका कर्मचारी,नर्सहरुलाई उक्त तालिम दिइएको थियो। तालिम प्रशिक्षकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना प्राध्यापकहरु रहेका थिए । जसमा डा पूजन कुमार रोकाया,डा.श्रीसानन्द सन्जेल,तथा डा .उमेशराज अर्याल रहेका थिए।
अनुसन्धान के कस्ता कुराहरुमा गर्न सकिन्छ,त्यसका विधी तथा प्रक्रिया,कर्णाली प्रदेशमा अनुसन्धानको सम्भावना लगायतका विषयमा तालिम केन्द्रित रहेको प्रशिक्षक प्राडा पूजन कुमार रोकायाले बताए। उक्त तालिमले अनुसन्धानकर्ताहरुलाई सहज हुने डा रोकायाले बताए।