काठमाडौं- औषधि र न्युट्रास्युटिकल्स बजारमा चिनिएका सुशान्त मुरारका नेपाली औषधि उद्योग डिभाइन हेल्थ केयरका प्रबन्ध निर्देशक भएका छन्। मुरारकाले डिभाइन हेल्थ केयरमा अन्य सेयरदाताहरुको भन्दा बढी सेयर हाल्दै प्रबन्ध निर्देशकको जिम्मेवारी लिएका हुन्।
मुरारकाले नयाँ जिम्मेवारीसँगै उद्योगको विकास र विस्तारमा लाग्ने बताए। उनले नेपाली बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्दै अगाडि बढ्ने जानकारी दिए।
डिभाइन हेल्थकेयरको फ्याक्ट्री चितवनको विजयनगरमा छ। यो उद्योग सन् २०१७ मा स्थापना भएको हो। उद्योगको पूँजी करिब ५५ करोड रहेको छ।
डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हम औषधि उत्पादन गरिरहेको छ।