सुर्खेत- कर्णाली केयर अस्पताल सुर्खेतले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी टिकट) निःशुल्क गरेको छ।
नयाँ वर्षसँगै अर्थोपेडिक विभाग अन्तर्गत उपचारमा आउने ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई ओपिडी सेवाको टिकट निःशुल्क गरिएको अस्पतालका निर्देशक दिपक गौतमले बताए।
सबै सेवा निुःशल्क गर्ने तत्काल अवस्था छैन, उनले भने, अहिलेलाई ओपिडी सेवा निशुल्क गरिएको छ। उनले आगामी दिनमा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने योजना रहेको पनि बनाए।
८० वर्षमाथिका कतिपय व्यक्ति बेसहारा अवस्थामा रहेको, कतिपयसँग उपचार गर्ने पैसा पनि नभएकोले नयाँ वर्षदेखि त्यस्ता नागरिकको टिकट शुल्क नलिने हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा रुपक कँडेलले बताए।