काठमाडौं- गोरखामा एक पुरुषको मलद्वारभित्र अड्किएको बोतल शल्यक्रिया गरेर निकालिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको हो।
बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यसको संक्रमण शरीरमा फैलिएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए। एक्सरे गर्दा मलद्वारमा बोतल देखिएपछि दूरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अस्पतालका सर्जनद्वय डाक्टर जितेन्द्रकुमार सिंह र डाक्टर विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डाक्टर शम्भु अधिकारीलगायतका टीमले करिब ३ घन्टाको शल्यक्रिया गरेर मलद्वारबाट बोतल निकालिएको हो।
शल्यक्रियापछि बिरामीको होस आइसकेको र आईसीयू कक्षमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।