काठमाडौं- दुई दिने इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल कन्फरेन्स सम्पन्न भएको छ। अप्रिल १३ र १४ मा उक्त सम्मेलन सम्पन्न भएको हो।
नेपाल अप्थाल्मिक सोसाइटीका कोषाध्यक्ष डा तेज्सु सिंह मल्लका अनुसार नेपाल अप्थाल्मिक सोसाइटी, एसोशिएसन अफ कम्युनिटी अप्थाल्मोलोजी इन्डिया तथा नेपाल नेत्र ज्योति संघको संयोजनमा उक्त सम्मेलनको आयोजना भएको थियो।
सम्मेलनमा भारतका ९० भन्दा बढी आँखा रोगका चिकित्सक तथा नेपालका करिब २ सय आँखा रोगका चिकित्सकहरुको सहभागिता रहेको थियो।
उक्त सम्मेलनको नारा 'कम्युनिटी आइ हेल्थ सर्भिस बियोङ् द बोडर' भन्ने रहेको थियो। नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष अध्यक्ष प्राडा मिनु चौधरीका अनुसार दुई मुलुकबीचको यस्तो सहकार्यले आँखा उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ।
त्यस्तै संघका सचिव डा पुरुषोतमले आगामी दिनमा समेत आँखा उपचारको क्षेत्रमा जनचेतना बढाउनका लागि यस्ता कार्यक्रमको आयोजना गरिने बताए। उक्त कार्यक्रमको अध्यक्षता नेपाल नेत्र ज्योती संघका प्राडा चेत राज पन्तले गरेका थिए। त्यस्तै प्राडा सुनु दुहाल,प्राडा डक्की शेर्पा,प्राडा सगुन जोशी,डा पुरुषोतम जोशी महासचिव रहेका थिए।
कार्यक्रममा पूर्व राष्ट्रपति डा रामवरण यादव विशेष अतिथीका रुपमा उपस्थिती थिए।