काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमा राधिका थपलियाले जिम्मेवारी पाएकी छिन्। लामो समयदेखि जिम्मेवारीविहिन रहेकी थपलियालाई केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको हो।
थपलियालाई जिम्मेवारी दिनुअघि उक्त केन्द्रको जिम्मेवारीमा डा प्रकाश बुढाथोकी थिए। डा बुढाथोकीले कारागार अस्पतालसहित उक्त केन्द्रको प्रमुखको भूमिका निभाउदै आएका थिए। यसका साथै डा बुढाथोकीले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि निभाइरहेका छन्।
डा बुढाथोकीको प्रवक्ताको जिम्मेवारी भने अझै रहेको मन्त्रालयको प्रशासनका एक कर्मचारीले जानकारी दिए।
थपलियाले नयाँ जिम्मेवारी पाएको पत्र बुझेको जानकारी दिइन्।