काठमाडौं - सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गरिने नीति ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन्।
ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा लिनका लागि सकसपूर्ण अवस्था रहेको चर्चा बेलाबखतमा चलिरहेका बेला सरकारले यस्तो निती ल्याएको हो ।
त्यस्तै सरकारले फोहोर घटाउने तथा पुन: प्रयोगको अवधारणा लागु गरिने, विद्यालयमा सञ्चालित पोषिलो तथा दिवा खाजा कार्यक्रमलाई परिमार्जन गरिने पनि राष्ट्रपति पौडेलले बताए।