काठमाडौं- गाँजाको औषधिज्नय प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले भने, 'गाँजाको औषधिजन्य उपयोगका लागि नियत्रित उत्पादन र व्यवसायीकरण गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ।'
गाँजाको व्यवसायिक खेति गर्न पाउनेपर्ने भन्दै केही समयदेखि लबिङ हुँदै आएको छ। यसवर्ष सरकारले नीति तथा कार्यक्रममै उक्त विषय समेटेको हो।