काठमाडौं- सरकारले स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी गरिने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
यसैगरी, १० देखी १४ वर्षका किशोरीहरुका लागि सञ्चालित पाठेघरको मुखको क्यान्सरको खोपको थप विस्तार, परोपकार प्रसूती तथा स्त्री रोग अस्पालमा नवजात शिशु सेवा सञ्चालन, प्रत्येक अस्पतालमा जेरियाट्रिक सेवा विस्तार गरिने, टेलिमेडिसिन सेवा सञ्चालन, नसर्ने रोगको रोकथामका लागि नीति ल्याइने विषय पनि राष्ट्रपति पौडेलले सार्वजनिक गरेका छन्।
सरकारी तथा गैरसरकारी संस्थालाई स्वास्थ्य बिमा समावेश, आहारपुरक सामग्रीहरुको गुणस्तर परीक्षण लगायतका नीत स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण रुपमा अगाडि सारिएको राष्ट्रपति पौडेलले जानकारी दिए।