काठमाडौं- नेपालमा पहिलो चोटी इन्डोसकोपी सोसाइटी नेपालको सहयोगमा जेष्ठ २ देखि ४ गते काठमाडौं मोडेल अस्पतालमा ल्याप्रोस्कोपिक र नेपाल नेशनल अस्पतालमा हाइस्ट्रेस्कोपी वर्कसप सञ्चालन भएको छ। पूर्व राष्ट्रपति विध्या देवी भण्डारीले उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा नेपाललगायत सात राष्ट्रका विज्ञ चिकित्सकहरु सहभागी थिए। उक्त कार्यक्रममा १५५ जना चिकित्सकको सहभागिता रहेको थियो। ल्याप्रोस्कोपिक वर्कसपमा २१ जना र हाइस्ट्रेस्कोपी वर्कसपमा ५५ जना चिकित्सकहरुले तालिम प्राप्त गरेका छन्।
यस्ता वर्कसपले सिक्ने/सिकाउने अवसर प्रदान गर्नुको साथसाथै विदेश गएर खर्चिलो उपचार गराउन नसक्ने बिरामीलाई टेवा पुगेको छ। पूर्व राष्ट्रपति भण्डारीले भविष्यमा यस्तो कार्यक्रम सरकारी निकायको पहलमा हुनपर्ने बताएकी छिन्।