काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसी)बिच व्यवसायि र संस्थागत हकहितका लागि समझदारी भएको छ।
आम उपभोक्ता तथा बिरामीहरुलाई पोषण तत्वको अभावले गर्दा विविध जटिल किसिमका रोग लाग्न सक्ने र त्यसलाई रोकथाम गर्नका लागि न्युट्रास्युटिकल्स र कस्मेस्युटिकल्स उत्पादनको उपयोगले विशेष योगदान तथा नियन्त्रण गर्न सहयोग पुग्नेका कुरामा दुवै पक्ष सहमत भएका छन्।
यसको महत्व विश्वव्यापी रुपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालमा पनि यसको आवश्यकता र महत्व आम जनसमुदाय तथा उपभोक्ताहरुमा पुर्यारउन र संस्थागत हक हितको पक्षमा सहकार्य र समन्वय गर्ने उद्देश्यले समझदारी गरिएको बताइएको छ।
यस्ता छन् समझदारीका बुँदाहरु
१) NMA NNCA विचमा संस्थागत समन्वय तथा सहकार्य गर्ने।
२) दोस्रो पक्षले आयोजना गर्ने कार्यक्रमहरुमा प्रथम पक्षले समन्वय तथा सहकार्य गर्ने।
३) दुवै पक्षको व्यवसायीक तथा पेशागत हक हितका लागि समन्वय र सहकार्य गर्ने।
४) Nutraceuticals and Cosmeceuticals Product हरुको महत्व, प्रयोग तथा यसको प्रभाव को विषयमा दुवै पक्ष विच समन्वय तथा सहकार्य गरेर कार्यक्रमहरु संचालन तथा उपयोगको जानकारी गराउने।
५) प्रथम पक्षले नेपाल सरकारको कानुनको परिधि भित्र रहेर उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरि गुणस्तरिय सामानहरुको आयात तथा बजारिकरण गर्ने ।
हस्ताक्षर: जसको साक्षीमा दुवै पक्षका आधिकारिक अधिकृतहरुले यस MOU मा रहेका सर्त तथा बुँदाहरुलाई पढेर बुझेर पूर्ण रुपमा कार्यन्वयन गर्न सहमती भई तल उल्लेखित मिति र दिनवाट लागु गर्न हस्ताक्षर गरि लिने दिने गरियो।