काठमाडौं- सोसाइटी अफ नेप्लिज एनाटोमिस्ट्स (सोना)को प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्मपन्न भएको छ। शरीर रचना विशेषज्ञहरुको साझा संस्था सोनाको ‘आइ-सोनाकन -२०२४’ बिहीबार र शुक्रबार धुलखेलमा भएको हो।
दुई दिने उक्त सम्मेलन काठमाडौं विश्विद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा भएको हो। सम्मेलनमा नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजमा कार्यरत एनाटोमिस्टसहरुको सहभागिता थियो।
सम्मेलनमा भारत, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया लगायतका देशबाट सहभागी विशेषज्ञहरुको प्रस्तुति गरेको अध्यक्ष डा दिल इस्लाम मन्सुरले जानकारी दिए।
सोसाइटी सन् २०२२ मा गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको हो।