ओखलढुंगा– ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा निशुल्क स्वास्थ्य सिविरको आयोजना हुने भएको छ।
सामाजिक संस्था जुनेली नेपालको सहकार्य शनिवार स्वास्थ्य सिविरमा सञ्चालन हुन लागेको हो।
सिविरमा स्वयम्भुस्थित मनमोहन मेमोरिअल अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञडा मनोर दिन सैयद, नाक,कान तथा घाटी रोग विशेषज्ञ डा दिबित अधिकारि,नर्स, सुनिला श्रेष्ठ, नर्स मंजु बस्याल,नर्सभगवति जमकट्टेल र फर्मासिस्ट दिपिका कंडेल लगायतको टोलि रहने अस्पतालका प्रबर्धन अधिकृत सन्जीब कंडेलले जानकारी दिए।
स्वास्थ्य सिविरमा निशुल्क स्वास्थ्य परीक्षण,परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाच निःशुल्क औषधि वितरण गरिने छ।