काठमाडौं- नेपाल स्वास्थ्य व्यसायी परिषदले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ। परिषदले ६ देखि ११ गतेसम्म लिएको परीक्षाको नतिजा शुक्रबार राती प्रकाशित गरेको हो।
परिषदले पीसीएल, स्नातक र मास्टर गरी ४३ वटा कार्यक्रमको परीक्षा लिएको थियो। परीक्षामा कुनै विषयमा शतप्रतिशत उत्तीर्ण भएका छन् भने कुनैमा शत प्रतिशत अनुत्तीर्ण भएका छन्।
परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीका अनुसार पीसीएलमा ९ वटा विषयको परीक्षा लिइएको थियो। जसमा ५३ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
ब्याचलरमा विभिन्न १५ वटा विषयमा गरेर जम्मा ३५ दशमलव ३४ प्रतिशत विद्यार्थी पास भएका छन्। र मास्टरमा ३६ दशमलव १३ प्रतिशत उत्तीर्ण भएका छन्। मास्टरमा विभिन्न १९ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक भएको छ।
कुन विषयमा कति पास, कति फेल?