काठमाडौं- चिकित्सा शिक्षा आयोगले वार्षिक शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ। चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमका साथै एकीकृत प्रवेश परीक्षा लगायतको समय तय गरिएको छ। आयोगको जेठ ११ को बैठकले उक्त क्यालेन्डरलाई अन्तिम रुप दिएको हो।
एकीकृत प्रवेश परीक्षा फारम भर्ने समयावधि स्नातकलाई असार तेस्रो हप्ता, स्नातकोत्तर कात्तिक चौथो हप्ता र डीएम एमसीएचको वैशाख दोस्रो हप्ता तय गरिएको छ।