काठमाडौं- महालेखापरीक्षकको ६१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनले स्वास्थ्य बिमाको दायरा बढाउन नसकिएको तथ्य फेला पारेको छ।
स्वास्थ्य बिमाका कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्नका लागि बीमा सचेतना बढाई नवीकरण गर्ने परिवारको संख्या बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै बिमा दाबी सोधभर्नाको ठूलो हिस्सा अनुदानमा निर्भर रहेको, सीमित जनशक्ति र कार्यचापको कारण समयमै दाबी भुक्तानी हुन नसकेको, सेवा प्रदायकबाट प्राप्त दाबीहरु प्रमाण नपुगेको कारण उल्लेख संख्यामा रद्ध हुने गरेको र सुविधा थैलीमा सूचीकृत सेवा अद्यावधिक नभएको कारण स्वास्थ्य बिमा कार्यक्रममा समस्या देखिएको छ।