अछाम- कर्णाली प्रदेशको जाजरकोटमा नि:शुल्क हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिविर हुन लागेको हो।
नि:शुल्क हाडजोर्नी स्वास्थ्य शिबिर यहि जेठ १७ गते देखि १८ गते सम्म ३ दिन चल्ने न्याय हेल्थ नेपाललले जनाएको छ। शिविरमा बयालपाटा अस्पताल अछाममा कार्यरत विशेषज्ञ अर्थोपेडिक सर्जन डा मन्दिप पाठक, ह्याम्स अस्पताल काठमाडौंमा कार्यरत विशेषज्ञ डा भाष्कर राज पन्त र अर्थोपेडिक डा रुपेश केसी लगायतको टिमले शिविरमा उपचार सेवा दिनेछन्।
खासगरी भुकम्पबाट घाइते भएका र अन्य चोटपटक समेत बाट घाइक्ते भएका हाडजोर्नी सम्बन्धीका बिरामीका लागि सहज होस् भनेर नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए। हातखुट्टा भाँचिएका, टुटेकाहरुको शल्यक्रिया, रड लिकाल्ने तथा राख्ने र हड्डीमा संक्रामण भएको शिबिरमा उपचार गरिने उनले बताए।
यसका साथै मानसिक रुपमा अस्वस्थ्य भएकाहरुलाई पनि मनोसामाजिक परार्मशदाताबाट परार्मश सहितको समेत शिविरमा उपचार गरिने डा पाठकको भनाइ छ। जाजरकोट जिल्लाका विभिन्न ठाँउका नागरिकलाई जाजरकोट अस्पतालमा आएर सेवा लिन भेरी नगरपालिकाले आग्रह गरेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक ओलीले बताए।
जाजरकोटस्थित भेरी नगरपालिका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटसंगको समन्वय सहकार्य एवंम गिभ टु एसिया अष्टेलियाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो। शिविरमा बयालपाटा अस्पतालमा १५ जना र जाजरकोट अस्पतालमा १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवा दिने भएका हुन्।