काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले बाल मृत्युदरमा उल्लेख्य कमी आएको बताएका छन्। उनले गणतन्त्र घोषणाअघि अर्थात् २०६४ सम्ममा प्रतिहजार ९८ रहेकोमा अहिले २१ मा पुगेको बताएका छन्।
यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्यु ६१ रहेकोमा ३३ मा झरेको उनले बताएका छन्।
यसैगरी मातृ मृत्युदर प्रति एक लाखमा २८१ बाट १५१ मा झरेको उनले बताएका छन्।