काठमाडौं– सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
सरकारले यो कार्यक्रम मार्फत निशुल्क प्रसीत सेवा तथा महिलाहरुलाई स्वास्थ्य संस्थामा आउन जान यातायात खर्च उपलब्ध गराउने, गर्भजाँच निुशल्क गर्ने? लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरकारले यो कार्यक्रमलाई निरन्तरता दिर्दै आगामी वर्षका लागि ३ अर्ब ६ करोड विनियोजन गरेको हो।