काठमाडौं– सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन्।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्व विद्यालयमा सिता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’
उनले तर कति बजेटको व्यवस्था गरिएको छ भने खुलाएनन्।
अर्थमन्त्री वर्षमान पुनले स्वर्गीय पत्नि सिताको नाममा कलेज स्थापना गरिनेबारे बजेट सुनाउँदै गर्दा संसदमा बजेट सुनिरहेका प्रधानमन्त्री प्रचण्ड मुस्कुराउदै थिए।