काठमाडौं- सरकारले मदिरा, वियर र सुर्तीमा अन्त शुल्क दर वृद्धि गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सुर्तीजन्य पदार्थमा कर बृद्धि नगर्न उत्पादकले दबाब दिँदै आएका थिए। बजेटअघि मात्रै प्रशस्त कर लगाइएको भ्रम छर्ने बिज्ञप्ति जारी गरिएको थियो।
सुर्तिजन्य पदार्थमा दक्षिण एशियामै कम कर लगाइएको भन्दै बढाउन सरोकारवालाले आग्रह गरेका थिए।