काठमाडौं- सरकारले औषधि तथा सेनिटरी प्याडको कच्चा पदार्थको पैठारी महशुल तथा अन्तशुल्क घटाएको छ। अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त: शुल्क घटाएको मन्त्री पुनले बताए।
'उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त: शुल्क घटाएको छु,' अर्थमन्त्री पुनले बजेट भाषणका क्रममा भनेका छन्।