काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) व्यवस्थापन तथा विकास परिषद्को बैठकमा विद्यार्थीहरुले प्लेकार्ड प्रदर्शन छन्।
आईओएम व्यवस्थापन तथा विकास परिषद्को १५ औं बैठकमा सकिएलगतै विदार्थीहरुले एल्लो विल्डिङ भत्काउन पाइँदैन भन्दै प्लेकार्ड देखाएका हुन्।
स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरुले बैठक कक्षमा प्रवेश गरेर प्लेकार्ड सहित प्रर्दशन गरेका थिए।
उनीहरुले एल्लो विल्डिङ भत्काउन पाइदैन भन्दै लेखिएको प्लेकार्ड बोकेका थिए।
व्यवस्थापन तथा विकास परिषद्को बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने भएपनि २ वर्षपछि बल्ल बसेको थियो।
आईओएम प्राध्यापन संघका सभापति डा गोपाल सेडाईका अनुसार आइओएमको पुरानो प्रशासनिक भवन (पहेंलो भवन) भत्काएर त्यहाँ डिन कार्यलय बनाउन लागिएको छ। प्रशासनिक भवन अर्को स्थानमा सरेको छ।
तर विद्यार्थीहरुले भने खाली भएको (पुरानो प्रशासनिक भवन) पहेंलो भवनलाई होस्टेल बनाउन माग गर्दै सो भवन नभत्काउन भन्दै प्लेकार्डसहित विरोध गरेका हुन्।
आईओएमको होस्टलमा एउटै कोठामा ५ जनासम्म विद्यार्थी बस्दै आएका छन्।
उनीहरुले भने नयाँ होस्टल नबन्दासम्म पहेंलो भवनको कोठाहरु होस्टलका लागि प्रयोग गर्न दिन माग गरेका हुन्।