काठमाडौं - काठमाडौं क्यान्सर सेन्टरले सशस्त्र प्रहरी बलका कर्मचारी र आफन्तहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ।सहमति अनुसार एपीएफका कर्मचारी र उनीहरूका परिवारजनले क्यान्सर जाँच, उपचार र अन्य चिकित्सा सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।
काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटाले राष्ट्रको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्ने योद्धाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यो साझेदारीले उनीहरु र उनीहरुको परिवारलाई उच्च-गुणस्तरको क्यान्सर रोगसम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
केसीसीले उच्च-गुणस्तरको र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिप्रायका साथ यो साझेदारी गरेको बताएको छ।