काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।
नेपाली कांग्रेसका सांसद तथा पूर्व कानुन मन्त्री धनराज धनराज गुरुङले प्रतिनिधी सभा बैठकमा उठाएका प्रश्नको जवाफ दिँदै पुनलेऔषधिय प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादनमा प्रवर्द्धन गर्ने तथा यसको गलत उपयोगबाट हुने जोखिम नियन्त्रण गर्ने व्यवस्था सहितको कानूनी एवं नीतिगत व्यवस्था मिलाइने बताएका छन्।
त्यस्तै सूर्तीजन्य पदार्थमा कम कर लगाइएको सांसदहरुको प्रश्नमा मन्त्री पुनले सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको दाबी सहितको जवाफ दिएका छन्।
उनका अनुसार हाल मदिरा, वियर र वाइनको बजार मूल्य छिमेकी सीमावर्ति बजार भन्दा बढी कायम छ।