धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन्।
जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन्।
उपकुलपति डा ज्ञानेन्द्र गिरीले नयाँ नियुक्ति गरेका हुन्। उनीहरुको कार्यकाल २ वर्षको हुने छ।
यसभन्दा अघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका प्रमुख प्राडा पारस पोखरेल कार्यरत थिए सहप्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डाअरुणकुमार सिंह कार्यरत थिए।