काठमाडौं- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन्। स्वास्थ्यमन्त्रीमा एमालेका शत्रुधनप्रसाद सिंहले जिम्मा पाएका छन्। अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन्।
यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एसबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा एसकी बेंची लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ।
त्यस्तै एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन्।
त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमशस् स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन्। त्यस्तै जनमत पार्टीकी न्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन्।