काठमाडौं- स्पा संघ नेपालको आयोजनामा 'ग्लोवल वेलनेस डे'को अवसरमा प्रभातफेरी सम्पन्न भएको छ। प्रभातफेरीपछि स्पा संघका निवर्तमान अध्यक्ष शुभलाल थिङले स्पा थेरापी गर्दा ध्यान दिनुपर्ने बारेमा जानकारी दिए।
अध्यक्ष सुरेश पुरीले स्था थेरापीको महत्व विश्वमा बढ्दै गएको बताए।
विहान ७ः३० बाट ठमेल स्थित संचयकोषबाट सुरु भएको प्रभातफेरी ज्याठा, ठहिटी, नरसिंह चोक, जे पि स्कुल, क्षेत्रपाटी, पक्नाजोल, जेट स्ट्रिटबाट भगवति बहाल मन्दिर हुँदै भगवानबहालमा पुगेर योग अभ्यासको कार्यक्रम सहित समापन भएको थियो।