काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधासम्पन्न ब्लड बैंक स्थापनाका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले एक करोड २२ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ।
कर्णालीमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने धेरै बिरामीलाई समस्या परिरहेको अवस्थामा बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै एएनएमएफले प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको हो।
प्रतिष्ठानमा रगत आवश्यक पर्ने बिरामीका लागि अहिले प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारी एवं कर्णालीमा रहेका नेपाली सेना तथा प्रहरीले प्रत्यक्ष रगत दान गर्दै आइरहेका छन्।
यसैबीच, कर्णाली प्रतिष्ठानका उपकुलति डा मंगल रावलले एएनएमएफको यस वर्षको वार्षिक साधारण सभामा २ वटा प्रस्तुतl राखेका छन्। कर्णाली प्रतिषठानको महत्व र ग्रामिण स्वास्थ्य समानता विषयमा उनले आफ्नो प्रस्तुती राखेका छन्।
एएनएमएफको यस वर्षको वार्षिक साधारण सभा शिकागोमा सम्पन्न भएको छ।