काठमाडौं- नेकपा एमालेकी सांसद जुली महतोले प्रत्येक प्रदेशमा वीर र त्रिवि जस्तै अस्पताल बनाउन बजेट छ्ट्याउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबारको प्रतिनिधीसभा बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्।
'स्वास्थ्य जनताको मौलिक अधिकारको क्षेत्र भएकोले सरकारको प्रमुख दायीत्व पनि हो' उनले भनिन्। सरकारी अस्पतालमा महिनौं महिनौ कुर्नुपर्ने समस्या दिनप्रतिदिन जटिल बन्दै गएको अवस्थामा उक्त विषयमा उनले सरकारको ध्यानकर्षण गराएकी छिन्।
त्यस्तै उनले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बहुवर्षिय योजनाको रुपमा अगाडि सार्न माग राखेकी छिन् । सिहंदरबार बैद्यखानाको अवस्था सुधार तथा जनकपुर अस्पतालका लागि बजेट छुट्याउन समेत उनको अनुरोध थियो।