काठमाडौं-जसपाकी सांसद रन्जु कुमारी झाले मधेश प्रदेशमा जलन अस्पताल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहीबार प्रतिनिधी सभामा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद झाले दैनिकजसो जलनका बिरामी मधेश प्रदेशबाट काठमाडौं ल्याउनुपर्ने बाध्यता रहेकोमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।
स्वास्थ्य मन्त्री प्रदीप यादवलाई मन्त्रीको कार्यकालमा उक्त मन्त्रालयमा पछिसम्म मुल्यांकन हुनेगरी काम गर्नका लागि उनले सुझाव दिएकी छन्। त्यस्तै मानव अंग प्रत्यारोपण केन्द्रलाई आवश्यक जग्गा वितरण गरी उक्त केन्द्रलाई प्रतिष्ठानका रुपमा विस्तार गर्नका लागि समेत उनले सरकारको ध्यानाकर्षण गराएकी छिन्।
स्वास्थ्य बीमाका विषयमा गम्भीर भएर लाग्न तथा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणलाई तत्कालै अगाडि बढाउनका लागि उनले स्वास्थ्यमन्त्री प्रदीप यादवको ध्यानाकर्षण गराएकी छन्।