काठमाडौं- विराटनगरको वरागाछीमा रहेको लाइफगार्ड अस्पतालमा स्वास्थ्य बीमा रोकिएको छ। स्वास्थ्य बीमामा आवद्ध नागरिकको उपचार गर्दा बिरामीसँग छुट्टै रकम असुलेको देखिएपछि रोकिएको हो। बिरामीसँग पनि लिने र बीमा बोर्डमा समेत भुक्तानी दाबी गर्ने गरेको पाइएको हो।
उक्त अस्पतालका विषयमा बीमाको इमेलमा, हेलो सरकारमा र अख्तियारमा समेत उजुरी परेको थियो। जसको छानविन गर्दा स्वास्थ्य बीमा बोर्डले 'शंकास्पद भुक्तानी लिएको' पाइएको हो।
जेठ ३२ गते देखि तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम रोकिएको छ। अहिले भर्नारत बिरामीका हकमा बीमा बोर्डबाट निर्णय गरी भुक्तानीमा सहजिकरण गरिने बताइएको छ।