सन् १९९२ मार्च १८ तारिख (वि.स. २०४८ चैत्र) मा तत्कालीन सम्माननीय प्रधानमन्त्री स्व. श्री गिरिजाप्रसाद कोइरालाज्यूले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दा तत्कालिन सम्माननीय चीनका प्रधानमन्त्री श्री लि फेङ्गबीच द्विपक्षिय सहयोग विस्तार गर्न नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने समझदारी भएको थियो । यसपछि २७श्रावण २०४९ (११अगष्ट१९९२) मा बीपी. कोइराला मेमोरियल क्यान्सर अस्पताल परियोजना व्यवस्था समिति गठन गरि कार्यआरम्भ भएको थियो । मित्र राष्ट्र चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्मित यस अस्पताल ६ पुस २०५५ (२१डिसेम्बर१९९८) मा चिनियाँ पक्षले निर्माण कार्य सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरियो।
वि. सं २०५६ श्रावण ४ (२०जुलाई१९९९) देखि यस अस्पतालले शल्यचिकित्सा तथा २५ शैयाबाट अन्तरंग सेवा प्रारम्भ गरी ३१ भाद्र २०५७ (१६ सेप्टेम्बर २०००) देखि ७५ शैयामा विस्तार गरियो। यो अस्पताल २०७५ सालदेखि ४५०शैयाको क्षमतामा विकास गरी क्यान्सर जस्तो घातक रोगको निदान, उपचार, अनुसन्धान तथा रोकथाम एवं नियन्त्रणका कार्यहरू हुँदै आएको छ। थप ५० शैया चालु आ.व. मा नै सञ्चालन गरिने छ । भविष्यमा यस अस्पताललाई ७०० शैया सम्मको भौतिक संरचनाको व्यवस्था गर्ने अस्पतालले लक्ष्य लिएको छ र चीनसरकारबाट निरन्तर मेसिन उपकरण र प्राविधिक सहयोग जारीनै रहेको छ। उक्त मिति देखि हालसम्म यो अस्पताल मित्रराष्ट्र जनबादी गणतन्त्र चीन सरकार तथा नेपाल सरकार बीचको असल छिमेकी सम्वन्धको एक उदाहरणका रुपमा रहेको छ।
क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान र क्यान्सर रोगीहरुको परीक्षण निदान र उपचार एवं रोगको रोकथाम र नियन्त्रण समेत गरी क्यान्सर विरामीहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने र यस क्षेत्रमा आवश्यक जनशक्ति विकास लगायतका कार्यहरु गरी स्व–निर्भरता प्राप्त गर्न स्वायत्त राष्ट्रिय प्रेषण अस्पतालको रुपमा विकास गर्न बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ द्धारा यस अस्पतालको स्थापना भएको थियो ।
सिमित स्रोत र साधनका विच सुपरस्पेशियालिटीको सुविधा दिनुपर्ने हाम्रो कर्तव्यलाई मनन गरिआएका छौं । क्यान्सर रोगको उपचार प्रकृया लामो हुने, उपचार महंगो हुने जसका कारण सर्वसाधारणले खर्च गर्न निकै कठिनाई परि रहेको छ तापनि अस्पतालले मुलतः अस्पतालमा भर्ना भई उपचाररत विरामीलाई खाना निःशुल्क,सबै शैया निःशुल्क, अति विपन्नलाई सर्जरी सेवामा सहुलियत, विपन्न र विमाको कार्यक्रम पूर्णरुपमा सञ्चालन, क्यान्सर सेवा समाज गठन गरि अस्पतालको आफ्नैआन्तरीक आम्दानीबाट विरामीलाई उपचार, निदानमा शुल्कमा छुट सुविधा,कोलेष्टोमी, युरेष्टोमी, निःशुल्क वितरण,रगत र मृगौलाको क्यान्सर बिरामीहरुलाई ग्लीभेक, सुटेन्ट, सुनिटिनिब औषधी निःशुल्क वितरण,अस्पतालसँग सीमा जोडिएका वडाका बासिन्दालाइ क्यान्सर रोग लागेमा यस अस्पतालबाट उपचारमा विषेश छुट सुविधा जस्ता सेवाग्राही मैत्री कार्यक्रम संञ्चालन गरि उपचार तथा निदानमा गरिव तथा विपन्नलाई सहज पहुँचको सुनिश्चितता गरिएको छ।
हाल तथ्यांक हेर्दा समेत के देखिन्छ भने, नेपाल राज्यका जम्मा क्यान्सर विरामी मध्ये ५० देखि ६० प्रतिशत विरामीले यसै अस्पतालबाट सेवा पाएका छन् भने २० प्रतिशत विरामी नेपालका अन्य विभिन्न अस्पतालमा उपचार पाएका छन् । २० प्रतिशत विरामी छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारमा जाने गर्दछन्।
२.अस्पतालले प्रदान गर्ने महत्वपुर्ण सेवाहरुः
सर्जिकल अंकोलोजी सेवा (गाइने, जि.आई., ब्रेष्ट, थोरासिक,ई.एन.टी., यूरो, न्यूरो, अर्थो),
हप्ताको छ दिन शल्यक्रिया (प्रति दिन २० वटा भन्दा बढी),( मोडुलर ओटी आठ वटा),
मेडिकल अंकोलोजी सेवा (जनरल , पेडियाट्रिक र हेमाटोलोजी),
रेडियसन अंकोलोजी सेवा(३ लिन्याक, आइएमआरटी,भीएमएटी, ३डीसीआरटी, ब्राचीथेरापी, थोलोजी सेवा (आईउद्बसि, फ्लो साइट्रोमेट्री, एचपीभी डीएनए, कोल्पोसकोपी),
रेडियोडायग्नोसिस एण्ड इमेजिंग सेवा ( एमआरआई, सीटी स्याभीन, मेमोग्राम, बीएमडी, युएसजी, इन्टरभेन्सन रेडियोलोजी),
न्युक्लीयर मेडिसिन सेवा (गामा),
एनेस्थेसियोलोजी सेवा,
प्यालिएटिभ केयर तथा हस्पीस सेवा,
डेकेयर सेवा,
इकोकार्डियोलोजी सेवा,
क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान सेवा रहेको छ ।
३. अस्पतालका सेवामा सेवाग्राहि मैत्री बनाउन गरिएका नुतन प्रयासहरू
• ओ.पि.डि. सेवालार्इ व्यवस्थित गरिएको छ ।
• सेवाग्राहिको गुनासोलाइ सम्बोधन गर्न उजुरि पेटिका राखिएको छ ।
• सेवाग्राहिलाइ सुचना प्रदान गरि जानकारि मुलक वडापत्र राखिएको छ ।
• सेवाग्राहिको सुविधाका लागि अस्पतालवार्डहरूको विभिन्न स्थानमा खानेपानि, मेवाइल चार्ज गर्ने व्यवस्था, बाथरूमको व्यवस्था गरिएको छ ।
• शल्यक्रिया कक्षको अगाडि विरामीका आफन्त तथा भिजिटरहरूलार्इ पानी तथा कुर्सिको व्यवस्था गरिएको छ ।
• अस्पताल फार्मेसिलार्इ थप व्यवस्थित बनार्इ केमोथेरापी अन्तरगतका विभिन्न मात्रा र प्रकारका गरी १६६ प्रकारका औषधिहरू एवं जनरल मेडिसिन र सर्जिकल अन्तरगत क्रमश १९४ र ६४ प्रकारका औषधिहरू लगायत सि.टि./एम.आर.आइ.गर्दा लाग्ने औषधि ६ प्रकारका, रेडियोथेरापि मास्क ५ प्रकारका रहेका छन्।
• अस्पताल फार्मेसिमा सेवाग्राहिको पालो व्यवस्थित गर्न विद्दुतिय टोकन प्रणाली लागू गरिएको छ ।
• अस्पतालको नयाँ सेवा अन्तरगत कार्डियोलोजीको सेवा सुरुवात गरी इकोकार्डियोग्रामको सेवा सुरु गरी सकिएको छ।
• रेडियोडायग्नेसिस सेवा अन्तरगत सि.टि. स्क्यान सेवा र एम.आर.आइ.,भिडियो एक्सरेसेवामा सामान्य प्रीपरेशन बाहेकको अवस्थामा समय लिन नपर्ने व्यवस्था मिलाइएको छ ।
• रेडियोलोजी विभागको सेवालार्इ प्रभाकारी बनाइ इन्टरभेन्सन रेडियोलोजी सेवा प्रारम्भ गरिसकिएको छ ।
• विरामीको सेवालार्इ थप सेवाग्राही मैत्री बनाउन इकोकार्डियोग्राफिकोनयाँ सेवा थप गरिएको छ ।
• अत्यावश्यक रहेको मेमोग्राफी मेसिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा ल्याइ जडानको चरणमा छ।
• रेडिएशन सेवालाइ थप सुदृढीकरण गरिएको छ, प्रतिक्षा सूचीको अन्त्य गरि तत्काल रेडियोथेरापि उपचार सुरू हुने व्यवस्थापन गरिएको छ ।
• प्याथोलोजीमा रगत परिक्षणका लागी संकलनलाई थप व्यवस्थापन गरी प्रत्येक दिनको परीक्षणको रिपोर्ट सोहि दिनमा नै दिने व्यवस्था मिलाइएको छ ।
• परीक्षण रिपोर्ट वितरणलाइ थप व्यवस्थीत गरी सेवाग्राहिले विना लाइन परिक्षण रिपोर्ट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । परिक्षण रिपोर्टलार्इ सेवाग्राही स्वंयले विद्दुतिय माध्यमबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
• मेजर बायोश्पि परीक्षणमा लाग्ने समय घटाइ १ महिना भित्र र माइनर बायोश्पिको १ हप्तामा सेवाग्राहिले रिपोर्ट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । आगामि आ.व.मा माइनरको ३ दिन र मेजरको समयलार्इ घटाइ १ देखि २ हप्तामा दिने व्यवस्था मिलाइने छ ।
• प्रत्येक दिन २० देखि २५ वटा साना ठुला शल्यक्रिया गरिएका छन जसको कारण शल्यक्रियाका लागि लाग्ने प्रतिक्षा सूची घटाइएको छ ।
• प्याथोलोजी सेवालाइ स्तरोन्नति गरि विशेष परीक्षण गर्न गराउन मोलिक्युलर ल्याव सञ्चालनको चरणमा रहेको छ । यसैचालु.आ.व.मा पूर्ण क्षमतामा सञ्चालन हुनेछ। यस अन्तरगत फ्लोसाइटोमेट्रिको सेवा सूचारू गरिसकिएको छ ।
• अस्पतालको इतिहासमा पहिलो पटक मिति २०८०/१०/१२ गते सार्वजनिक सुनुवाइ गरिएको र उक्त कार्यक्रममा पेश भएको नागरिक प्रतिवेदन एवं उक्त सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासा तथा प्रश्नहरूको हाल निरूपण गरिएको छ ।
• समग्रमा अस्पतालका सेवालाइ चुस्तदुरूस्त राख्दै सेवाग्राहिको उपचारमा सहज पहुँचको व्यवस्थापनलार्इ पहिलो प्राथमिकतामा राखिएको छ साथै नयाँ प्रविधिमा अस्पताललार्इ लैजाने योजना रहेको छ ।
• अगामी आर्थिक बर्षमा रेडियोथेरापी सेवामा परिमाणात्मक रूपमा धेरै सेवाग्राहीले सेवा पाउने गरि १ थान लिन्याक र १ थान सिटी सिमुलेटर मेसिन खरिद तथा जडान गरि प्रतिक्षा सूचीको अन्त्य गरिने छ ।
४. आर्थिक बर्ष अनुसार सेवा प्रवाहको अवस्था
५.अस्पतालमा ओ. पि. डी. सेवा लिएका २ बर्षको विरामी संख्याःआर्थिक बर्ष २०७९।८० मा १ लाख ६६ हजार २ सय र आर्थिक बर्ष २०८०।८१ मा १ लाख ८८ हजार ५ सय १४ रहेको छ ।
६.गत २ बर्षको नयाँ क्यान्सर विरामी संख्याः आर्थिक बर्ष २०७९।८० मा ६ हजार ४ सय ८० र आर्थिक बर्ष २०८०।८१ मा ६ हजार ७ सय ९५ रहेको छ ।
तालिका-२
७. कर्मचारीका लागी उत्प्रेरणा कार्यक्रम र कमर्चारी संख्या
• रोकिएका पदपुर्तीको कार्यलार्इ अगाडि बढाइ कार्य सम्पन्न गरि सकिएको छ,
• कर्मचारीको Job Description सहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन, संगठन संरचना लगायतका विषयमा कार्यअघि बढाइएको छ, हाल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले काम सम्पन्न गरेको छ ।
८. अस्पताल शैक्षिक प्रतिष्ठान स्थापनाको पहल र शैक्षिक तथा अनुसन्धानात्मक कार्यक्रम
• अस्पताल सञ्चालक समितिले अस्पताललाइ क्यान्सर रोग विषयमा उच्च अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न निर्णय गरि प्रकृयाहरू अगाडि बढाइएको छ ।
• अस्पतालमा गत २०७५ साल देखि पोखरा विश्वविद्यालयको आंगिक कलेजका रूपमा नर्सिङ् विषयमा ३ बर्ष अवधिको स्नातक अध्यायन नियमित भइ रहेकोछ साथै अध्ययन गराउदा उच्च अंक आएकाले भि.सी. मेडल समेत हाम्रो कलेजमा अध्ययनरत विध्यार्थिले प्राप्त गरेको अवस्था छ ।
• यस अस्पतालमा विभन्न विदेशी निकायहरूको समन्वयमा अनुसन्धानका परियोजनाहरू सञ्चालनमा छन । अनुसन्धानमा उत्प्रेरणा गर्न इन्स्टिच्यसनल रिभ्यु कमिटी (आईआरसी) को गठन गरिएको छ ।
• एम.डी. /एम.एस. पछि अंकोलोजी विषयमा १ बर्षे फेल्लोसिप कार्यक्रम सञ्चालन गरिएको छ ।
• चिकित्सा शिक्षा अयोगबाट सञ्चालन हुने अंकोलोजीमा ३ बर्षे एम.सि.एच. को शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको छ।
• विभिन्न प्रकारका अंकोलोजी तालिम नियमित छन्।
९.अस्पतालबाट क्यान्सर रोग नियन्त्रण कार्यक्रम
समुदाय स्तरमा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ् कार्यक्रम नियमित गरी गत साल स्तन क्यान्सर परीक्षण ५ हजार जना र पाठेघर परीक्षण भि.आइ.ए. ४ हजार ८ सय ७२ जना को गरिएको छ ।साथै मुखको क्यान्सर परीक्षणलार्इ पनि प्राथमिकतामा राखि समुदायमा परीक्षण गर्दैआएका छौ।
• विद्यालय र समुदायमा क्यान्सर सचेतना कार्यक्रम, विभन्न प्रदेशका स्वास्थ्यकर्मिहरूलार्इ क्यान्सर परीक्षण सम्बन्धि तालिम उपलब्ध गराइएको छ । साथै गत बर्षमा वागमती र गण्डकी प्रदेशमा स्तन क्यान्सर परीक्षण तालिम कार्यक्रम गरिएको छ । १०० जना प्राथमिक स्वास्थ्य कर्मीहरूलार्इ भि.आइ.ए. तालिम दिइएको छ ।
• मकवानपुर,पर्सा, नवलपुर र पर्वतमा स्तन क्यान्सर परीक्षण तालिम कार्यक्रम गरिएको छ । यसै सालमा ब्रेष्ट क्यान परियोजना अन्तरगत सि.वि.इ. तालिम २२० जना प्राथमिक स्वास्थ्य कर्मीहरूलाई दिइएको छ ।
• हाल पुन १ हजार डोज एच.पी.भि. खोप समुदाय स्तरमा अस्पतालले निःशुल्क लगाइ रहेको छ ।
• चिनियाँ सरकारको समन्वयमा महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर सम्बन्धि रोगको नियन्त्रणका लागि एच.पि.भि. डि.एन.ए. परिक्षण, एल.बि.सि. परीक्षण कार्यक्रम निःशुल्क सञ्चालन गरिएको छ ।
१०. अस्पतालको आर्थिक श्रोत एवं व्ययको अवस्थाःआर्थिक वर्ष २०८०/०८१ मा यस अस्पतालको आय व्ययको विवरण प्रस्तुत गर्न चाहन्छु ।
(क) आय तर्फः नेपाल सरकार स्वास्थ्य कर कोषबाट अनुदान रु २५ करोड प्राप्त भएको छ । पुँजिगत खर्च अन्तरगत नेपाल सरकारबाट प्राप्त रू. १५ करोड ५६ लाख २८ हजार रुपैया प्राप्त भएको छ ।
(ख) अस्पतालको आन्तरिक श्रोतबाट प्राप्त आम्दानी तर्फः प्याथोलोजी,रेडियोडायग्नोसिस तथा इमेजिङ्ग एण्ड न्युक्लियर मेडिसिन सेवा ,रेडिएशन अंकोलोजी, सर्जरी, ओ.पी.डि.,डे केयर, इन्डोस्कोपी,बैंकमा रहेको मौजाद र सो रकमबाट व्याज आम्दानी, विविध आम्दानी अन्तरगत घरभाडा,साझा स्वास्थ्य सेवा, शैक्षिक शुल्क,लगायतका सेवाबाट प्राप्त कुल जम्मा रकम रु ६४ करोड २४ लाख ५० हजार ४ सय ५९ रुपैया आम्दानी संकलन भएको छ।
(ग) व्यय तर्फः कर्मचारी पारिश्रमीक, भत्ता, विरामीको खाद्यान्न तथा आहार, कार्यालय सञ्चालन,मर्मत संहार,परामर्श, रिएजेण्ट केमिकल लगायतका उत्पादन सेवा सामाग्री,मेसिन औजार उपकरण, सवारी इन्धन, औषधी खरिद, भै परि आउने खर्च लगायतका सहीत कुल जम्मा खर्च रकम रू. १ अरब, ७ करोड, १५ लाख ८१ हजार ५ सय ५ रूपैयाँ रहेको छ ।
अस्पताललाई नेपाल सरकारबाट प्राप्तहुने स्वास्थ्य कर कोषबाट प्राप्त हुने रकम अस्पताल १०० शैया हुदा ३४ करोड ९२ लाख भएकोमा अस्पताल स्तरोन्नति भइ ४५० शैयामा पुर्ण क्षमतामा सञ्चालन हुदा भने सो रकम घटेर पछिल्लो बर्षहरूमा २५ करोड मात्र हुन गएको छर सरकारी अनुदान रकम घट्दै गएको व्यहोरा यस सम्मानित समारोहमा अनुरोध गर्न चाहन्छु ।
तालिका-३
११.अस्पतालका चुनौतीहरुः
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रण गर्दछु साथै अस्पताल पविारलाई यस अवसरमा हाम्रो ज्ञान र सिपको उच्चतम उपयोग विरामीको सेवामा समर्पित हुन र कार्यालयको समय सिमा भित्र सेवाभावलाई आत्मसात गर्नेछौ । राम्रो कामको विस्तार गर्न र नराम्रो कामबाट टाढा रहन आजको दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु नेपाल सरकार र सर्वसाधारण सेवाग्राहिको हिसावले लगानी अनुसारको प्रतिफलको आशा गर्नु स्वाभाविक मानिन्छ तशर्थ सो अनुसार सकारात्मक सोचतदनुकुलको आचरणको विकास हुनु जरुरी छ । बिरामीमैत्री हँसिलो सेवामा कहीँकतै कमी नगरी अझ बढी मेहनतको खाँचो तर्फ सचेत रहनु पर्नेछ ।
मेशिन औजार उपकरणहरु पुरानो हुनु र नयाँ मेशिन तथा उपकरणहरु समयमानै प्रतिस्थापन गर्न बजेट अभावका साथै विभिन्न कारणले नसक्नु, दक्ष जनशक्तिको पलायन, विरामीहरुको कमजोर आर्थिक अवस्था जस्ता विषय नै अस्पतालका लागि सधै रहने चुनौती हुन । अस्पतालको सेवा बढ्दै जाने अवस्था एकातर्फ छ भने अर्कोतर्फ अस्पाताल सञ्चालनको लागि प्राप्त अनुदान रकममा समय सापेक्ष वृद्धि हुनु पर्नेमा सो नभई स्वास्थ्यकर कोषबाट उपलब्ध रकम बर्षेनी घट्दो रुपमा छ । वर्तमान अवस्थामा हरेक वस्तुमा मंहगी वृद्धि भएको छ भने अस्पतालले अर्को तर्फ सर्वसुलभ उपचार दिनु पर्ने दायित्व पनि छ । अस्पताल शुल्क वृद्धि गर्दा विपन्न तथा गरिव जनसमुदायमा थप आर्थिक भार पर्ने हुदा सरकारबाट नै अनुदान रकममा केही वृद्धि गर्नु पर्ने देखिन्छ।
१२.अस्पतालको यसै चालु आर्थिक बर्ष र भविष्यमा सञ्चालन गर्न लागेका सेवा विस्तारका कार्यक्रमहरु निम्नानुसार छन्।
(क) विभिन्न प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार कार्यक्रमः
नेपाल राज्यका प्रदेश अन्तरगत गत महिना गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा क्यान्सर रोग स्कृनिङ सेवा लगायत फलोअप सेवाको विस्तार सम्बन्धि संझौता सम्पन्न भएको र सेवा प्रारम्भ यसै महिनाको १३ गतेबाट सुरू हुदै छ ।
(ख) अस्पतालको स्तारोन्नति अन्तरगत पेट सि.टी. स्क्यान र साइक्लोटोन मेसिन खरिद परियोजना
पेट सि.टी. स्क्यान मेसिन र साइक्लोटोन मेसिन जडान गर्ने भवन निर्माणका लागि ड्रइङ डिजाइन सहितको डी.पि आर. (माटो परिक्षण, स्थान छनौट) भइसकेको छ ।
ईआइए सम्पन्न भएको छ ।
अस्पतालको लागि उक्त मेसिनको प्राविधिक उपसमितिवाट Specification तयारीको लागि प्रस्तुतीकरण लगायतका कार्य भइरहेको छ।
सम्बन्धीत प्राविधिक विशेषज्ञहरुसंगको परामर्श पछि स्पेशिफिकेशन कार्तिक महिना भित्र तर्जुमा गरिनेछ।
मंसिरको पहिलो हप्ता भित्र भवन, पेट सि.टी. स्क्यान र साइक्लोटोन मेसिन खरिद तथा जडानका लागि टर्नकी परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय बोलपत्र प्रकाशित गरिनेछ।
चालु आर्थिक बर्ष २०८१।८२ भित्र टेण्डर अवार्ड गरिनेछ।
(ग) अस्पतालको स्तारोन्नति अन्तरगत बोनम्यारो प्रत्यारोपण परियोजना
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मित्र राष्ट्र चीनको सहयोगमा अस्पतालको हातामा स्थापनाको लागि कार्य अगाडि बढ्दै छ।
यो परियोजनाको बारेमा नेपाल सरकार र चिनियाँ सरकार बिच संझौता समेत भइ सकेको छ ।
५ शैयाको अत्याधुनिक विश्वमापदण्डको बोनम्यारो प्रत्यारोपणको भवन तथा मेसिन औजार सहितको परियोजना यसै चालू आर्थिक बर्षमा सुरुवात गर्न चिनियाँ प्राविधिक र अस्पताल विच छलफल भई नक्सा, स्थान छनौट सहित स्वीकृतीका कार्य सम्पन्न भएको छ।
क्यान्सर रोगको उपचारको क्षेत्रमा यो परियोजना उत्कृष्ट हुनेछ।
रगतको क्यान्सर भएका विरामीहरु यस प्रकारको उपचारका लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ।
(घ) रोबर्टीक सर्जरी सेवाःक्यान्सर अस्पतालबाट प्रवाह हुने शल्यक्रिया सेवामा अत्याधुनिकता ल्याउनका लागि सर्जरी विधामा रोबर्टीक प्रविधि भित्राउन पहल गरिएको छ ।
नेपाल सरकारले क्यान्सर रोगको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नेतृत्वदायी भुमिका खेल्ने जिम्मेवारी प्रदान गरे अनुसार वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना र सञ्चालन भैरहेको छ । अस्पतालले विगत बर्ष देखिको अस्पतालको वार्षिक प्रतिवेदन प्रकाशित गर्ने कामलाई निरन्तरता दिइएको र विगत २०७५।७६ बाट मात्र प्रारम्भ गरिएको अन्कोलोजी कन्फरेन्स र नेपलिज नर्नल अफ क्यान्सर इन्डेक्स जर्नल प्रकाशनलाई नियमित गरेका छौं । क्यान्सर जस्तो जटिल रोगको नियन्त्रणमा सिमित संस्था वा व्यक्तिको भूमिका मात्रै पर्याप्त हुँदैन । यसको लागि समाजको हरेक वर्ग परिचालित भई काम गर्न जरुरी हुन्छ । क्यान्सर नियन्त्रणमा सञ्चार जगतको ठूलो भूमिका हुने हुनाले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन तथा अन्य कार्यमा सहयोग गरी क्यान्सर नियन्त्रणको कार्यमा सहभागिताको लागि सम्बन्धीत सरोकावालाहरु संग हार्दिक अनुरोध गर्दछु।
अस्पतालको २५ औं वार्षिक उत्सव तथा २०औं राष्ट्रिय क्यान्सर सर्तकता दिवसले क्यान्सर रोग रोकथाम र नियन्त्रणका क्षेत्रमा हामीलाई सफलता मिल्ने छ साथै निदान र उपचारमा शसक्त हुन अझ प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गर्दछु । यस कार्यक्रममा अस्पतालको सेवा सुधार एवं सेवाग्राहिको हितलाइ ध्यानमा राखि अस्पतालको सेवामा चुस्तदुरूस्त राख्नका लागि सकारात्मक सुझाव तथा सहयोगको अपेक्षा राखेको छु ।क्यान्सर रोग विरूद्ध लड्न र बुझ्न हाम्रो सामुहिक प्रयास आवश्यक छ तसर्थआजको यस दिनमा हामी सबै“आउनुहोस हात मिलाउनुहोस् र सचेतना जगाउनुहोस् र क्यान्सर रोग रहित समाजको निर्माणका लागि उज्यालो भविष्यको प्रयास गरौ”भन्ने मुल मर्म अनुसार काम गर्ने प्रेरणा मिलोस शुभकामना दिन चाहन्छु।
(बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको '२५औं बार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सर्तकता दिवस'मा अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलको मन्तव्यको पूर्णपाठ)