काठमाडौं- स्किन सम्बन्धी औषधि उत्पादक कम्पनी ट्रु डर्मा फोर्ब्स इन्डियाको '२०० कम्पनिज विथ ग्लोबल बिजनेस पोटेन्सियल'मा परेको छ।
विभिन्न क्षेत्रमा सम्भावना बोकेका नयाँ उद्योगको प्रोत्साहनका लागि हरेक वर्ष उक्त अवार्ड हुने गरेको छ। जसको ६ महिनाअघि दरखास्त खुलेको थियो।
पाँच चरणको अन्तर्वार्तापछि आफ्नो कम्पनी छनोट भएको सञ्चालक सुशान्त मुरारकाले जानकारी दिएका छन्। ट्रु डर्मासँग प्रतिष्पर्धामा भारतकै प्रतिष्ठित स्किन सम्बन्धी औषधि तथा सामाग्री उत्पादक कम्पनी पनि प्रतिष्पर्धामा थिए। उनलाई प्रश्न गरिएको थियो, 'भारतका ती कम्पनी भन्दा तपाईं कसरी फरक?' उनले भारतजस्तो डेढ अर्ब जनसंख्या भएको देशमा रहेको कम्पनीको टर्नओभर र झन्डै तीन करोड जनसंख्या मात्रै भएको देशको कम्पनीको टर्नओभर औसतमा हेर्न आग्रह गरेका थिए। साथै उपभोक्ता र प्रेस्क्राइबरसँग आफू प्रत्यक्ष संलग्न रहेको समेत बताएका थिए। आफ्नो कम्पनीको लक्ष्य र त्यसलाई पूरा गर्ने उपायका विषयमा समेत प्रष्ट्याएपछि आफ्नो कम्पनी छनोट भएको उनले जानकारी दिएका छन्।
ट्रु डर्माका सञ्चालक मुरारकाको टिमको ट्रुमी र ट्रु हेल्थ, औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयरमा लगानी छ।
फोर्ब्स इन्डियाले भारतको होटल ताजमा आयोजना गरेको कार्यक्रममा मुरारका र दीपक जैसवाललाई बोलाएर अवार्ड प्रदान गरेको थियो। नेपाल तथा भारत जस्ता देशका उत्पादन विश्वबजार अमेरिका, युरोप, क्यानडा र अष्ट्रेलियामा पैठारी गर्ने विषयमा समेत जानकारी दिइएको उनले बताएका छन्।
सम्बन्धित सामाग्री
ट्रु डर्मामा सुशान्त यात्रा