काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागत क६ती गर्ने क्रममा बायोमेडिकल रिसर्चका लागि दिइदै आएको अनुदानमा कटौती गर्ने निर्णय गरेको छ। अरबौं डलरमा रहेको अनुदान कटौतीले वैज्ञानिक अनुसन्धान प्रभावित हुने देखिएको छ।
शुक्रवारको नेशनल इन्सिच्युट अफ हेल्थ (एनआईएच)ले अनुसन्धानसँग सम्बन्धित 'अप्रत्यक्ष लागत' जस्तै भवन, प्रशासन र उपकरणका लागि दिइने अनुदानमा कटौती गर्ने बताएको छ।
'संयुक्त राज्य अमेरिकाले विश्वको उत्तम चिकित्सा अनुसन्धान गर्नुपर्छ,' एनआईएचले आफ्नो घोषणामा भनेको छ, 'त्यसैले यथासम्भव धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धान लागतमा जानेछ, प्रशासनिक खर्चमा होइन।'
सोमबारदेखि लागू हुने यो कटौतीले ४ बिलियन बचत गर्ने बताइएको छ। अनुसन्धानका लागि अप्रत्यक्ष लागत अनुदान दरलाई १५ प्रतिशतमा सीमित गर्ने भनिएको छ। अहिले औसतमा ३० प्रतिशत रहेको छ।
ट्रम्प प्रशासनका एक एलन मस्कले केही विश्वविद्यालयहरूले ३० प्रतिशतभन्दा बढी प्रशासनिक खर्च गरिरहेको बताएका छन्। 'दसौं अरब डलरको सम्पत्ति भएका विश्वविद्यालयहरूले अनुसन्धान पुरस्कारको ६० प्रतिशत रकम 'ओभरहेड'को लागि निकासा गरिरहेका छन्, तपाईं पत्याउनुहुन्छ?' मस्कले एक्समा लेखे, 'कस्तो धोका!'
यसैबीच, वैज्ञानिकहरूले यो कटौतीले महत्वपूर्ण चिकित्सा अनुसन्धानलाई प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन्।अमेरिकन मेडिकल कलेजहरूको संघले सरकारले अप्रत्यक्ष सुविधा र प्रशासनिक लागतबाट नै चिकित्सा अनुसन्धानलाई सम्भव बनाउने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपतिको यो कदमले राष्ट्रको अनुसन्धान क्षमतालाई घटाउनेछ, वैज्ञानिक प्रगतिलाई धिमा बनाउने र देशभरिका बिरामी, परिवार र समुदायहरूलाई नयाँ उपचार, निदान र रोकथामका उपायहरूबाट वञ्चित गर्नेछ।'
स्ट्यानफोर्ड विश्वविद्यालयका प्रमुख विकिरण ओन्कोलोजिस्ट अनुषा कलबासीले यो कदमलाई 'अविश्वसनीय भन्दा बढी दुर्घटना' भनेकी छिन्। यस विश्वविद्यालयले अनुसन्धानका लागि अनुदान प्राप्त गर्ने गरेको छ। 'केही ठाउँहरूमा निजी कोषहरू छन्, जसलाई उनीहरूले केही समयका चलाउन प्रयोग गर्न सक्छन्, तर अन्यथा, बिजुली, भाडा, पानी, प्रशासनिक कर्मचारी, सुविधाहरू कताबाट जोहो गर्ने?' डा कलबासीले बीबीसीलाई भनेकी छिन्।
अमेरिकन काउन्सिल अन एजुकेशनका अध्यक्ष टेड मिचेलका अनुसार यस्तो खबर सुनेपछि केही प्रयोगशालाहरू पहिले नै बन्द हुन थालेका छन्।