काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेश प्रदेश भूगोलतर्फ खुला समूहबाट पहिलो नम्बरमा निर्वाचित भएका हुन्।
डा. झाले ४ हजार ५०० भन्दा बढी मत प्राप्त गरेको बताइएको छ। उनीसँगै निर्वाचित हुने अन्य उम्मेदवारले २ हजारभन्दा कम मत पाएको जनाइएको छ। यससँगै मधेश प्रदेश भूगोलतर्फ उनको मतान्तर उल्लेखनीय देखिएको छ।
चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. झा नेपाल चिकित्सक संघको अध्यक्षसमेत भइसकेका छन्। उनको विजयसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व थपिएको छ।
यसअघि नेपाल चिकित्सक संघका पूर्वअध्यक्षद्वय डा. केदार नरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्।