काठमाडौं- सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले विश्व एनेस्थेसिया दिवस मनाएको छ। राजधानीको होटल ¥याडिसनमा भएको कार्यक्रममा करिब एक सय ५० एनेस्थेसियोलोजिष्टको सहभागिता थियो।
कार्यक्रममा डा शान्ता सापकोटाले विश्व तथा नेपालकै एनेस्थेसिया क्षेत्रको विकासको बारेमा विस्तृत रुपमा प्रस्तुति दिएकी थिइन्। कार्यक्रममा २०७३÷०७४मा नेपालमा अब्वल दर्जामा उत्र्तिण गरेका चिकित्सकलाई तिर्थ राज सिंह सुवाल स्वर्ण पदक समेत प्रदान गरिएको छ।
सोसाइटिका अध्यक्ष प्रा डा विश्वास प्रधानले सबै विशेषज्ञ एनेस्थेसियोलोजिष्ट चिकित्सकहरुको यो विधा सुरक्षित एवं गुणस्तरिय तवरले सञ्चालन गरेर बिरामीहरुलाई उत्कृष्ट सेवा दिएकोमा प्रशंसा गरे । १६ अक्टोवर १८४६ मा विश्वमा प्रथम पटक सफलतापूर्वक एनेस्थेसिया सेवा अमेरिकाको मासाचुसेट्स अस्पतालमा प्रयोग गरिएको थियो।