काठमाडौं- सरकारी आयुर्वेद चिकित्सकहरुको साझा संस्था ‘सिभिल आयुर्वेद डक्टर्स एसोसिएसन अफ नेपाल’ गठन भएको छ। डा शंकर गौतमको नेतृत्वमा गठित एसोसिन ११ सदस्यीय छ ।
एसोसिएसनको उपाध्यक्ष डा अमूल्य दाहाल हुन् भने महासचिब डा विजय भूर्तेल हुन्। यस्तै सचिवमा डा प्रवेश श्रीवास्तव, कोषध्यक्षमा डा सरिता बजगाईँ बगाले छिन् भने सदस्यहरुमा डा वशंदिप शर्मा खरेल, डा रुपेन्द्र पूरी, डा समिर कुमार अधिकारी, डा वशंवदा कौण्डिन्न्यायानी, डा सुरेन्द्र राय र डा रमेश केसी छन्।