रुपन्देही – बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले स्वच्छ शहर, स्वच्छ बुटवलको नारालाई प्राथामिकताका साथ अघि बढेको बताएका छन्।
धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस विशेष कार्यक्रमा बोल्दै प्रमुख सुवेदीले बुटवल नगरपालिकाका सबै वडामा आयुर्वेदिक केन्द्र बनाउने बताए। नगरपालिकाले योग शिविर हल तथा आयुर्वेदिकलाई प्राथाकिमतामा राख्ने जनाए। नगरपालिकाले आयुर्र्वेदिकको विकास र प्रबद्र्धन गर्न नगर कार्यपालिकाले बजेटको समेत ब्यवस्था गरेको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल आयुर्वेदिक अस्पतालका प्रमुख डा रमेश केसीले आहारबिहारमा ध्यान दिनु जरुरी रहेको बताए। उनले नेपालमा सर्ने भन्दा नर्सर्ने रोगको बढी प्रभावित भएको बताउँदै योग र खानपानमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। डा केसीले अहिले आयुर्वेदिक तर्फ मानिसको विश्वास बढ्दै गएको बताउँछन्।
कार्यक्रममा योग शिक्षक लक्ष्मण ज्ञवाली र लुम्बिनी अञ्चल आयुर्वेद औषधालयका कविराज बिष्णुहरी आचार्य बुटवल उप–महानगरपालिकाका उपमेयर गोमादेवी आचार्यलगायतले मन्तव्य राखेका थिए ।