रुपन्देही – १ सय २ जनामा डेंगुका बिरामी फेला परेका छन्। ती रुपन्देहीका सरकारी तथा निजी अस्पतलमा उपचार गराइरहेका छन् भने त्यो भन्दा तेब्बर काठमाडौं र नारायणगढमा उपचार गराइरहेको बताइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार १ सय १२ जनामा डेंगु भएको पुष्टी भएको छ। बुटवल, भैरहवा लगायतका सरकारी र निजी अस्पतामा उनीहरुले उपचार गराइरहेका छन्। जनस्वास्थ्य कार्र्यालय रुपन्देहीले मंसिरसम्म रहने भएकोले सजक रहन आग्रह गरेको छ।
जिल्लाका सबै स्वास्थ्य संस्थामा डेंगुको परिक्षण गर्न किट उपलब्ध गराइसकेको र सबै निजी तथा सरकारी अस्पतालसँग सहकार्य गरि बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले बताए।
जिल्ला जनस्वास्थ्यले बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका लगायतका नगरपालिका भित्र ‘खोज र नस्ट’ अभियान संञ्चालन गरेको छ भने अन्य नगरपालिकामा पनि यो अभियान चलाउने जनस्वास्थ्य प्रमुख गोदारले बताए ।
अन्य क्षेत्रमा भन्दा बुटवल उपमहानगरपालिका वडा नं ६, ७, ८, ९, १०, ११ बढी प्रभाबित रहेको कारण २ दिनसम्म महिला स्वयसेबिका स्थानिय तथा जिल्ला जनस्वास्थ्य बुटबल नगरपालिकाको समन्यमा खोज र नष्ट गरिएको बुटबल उपमहनरपालिका का स्वास्थ्य शाखा प्रमुख डा रेमश केसीले बताए ।
०६७०६८ मा २ सय ९० जना डेंगुबाट प्रभावित भएको र ४ जनाको मृत्यु भएपछि रुपन्देहीमा यसको अभियान सञ्चालन गरेको बताए। गत आर्थिक बर्षमा १ सय ६१ जनामा डेंगु फेला परेको र दुईजनाको मृत्यु भएको बताए। यसवर्ष डेगुका बिरामी फेला परेका भएपनि अहिलेसम्म मुत्यु नभएको बताए।