काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स)मा पोष्ट ग्य्राजुएट गरिरहेको चिकित्सकहरुको संस्था रेसिडेन्ट एशोसियसन अफ न्याम्स (र्यान)ले नयाँ कार्यसमिति चयन गरेको छ । रेडियोलोजी अध्ययनरत डा बोम बिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा सर्जरीका डा वीर बहादुर थापा, उपाध्यक्षमा मेडिसिनका डा राजेश कुमार मण्डल, महासचिवमा मेडिसिनकै डा कुमुद भट्टराई, सचिवमा नाक, कानी तथा घाँटीकी डा सुधा शाही, सहसचिव एनेस्थेसियाका डा प्रवीण कुमार झा र कोषाध्यक्षमा डम्र्याटोलोजीकी डा प्रतिमा पौडेल रहेका छन् ।
सदस्यमा डा नाजिफ मोहम्मद, डा मुकेश यादव, डा रामहरी दाहाल, डा विभूति दाहाल, डा सुनिता केसी, डा प्रभात चालिसे, डा गौरव कर्ण, डा सरद बराल, डा सनी सिंह सिपाइ, डा मोहिनी श्रेष्ठ, डा ओम प्रकाश यादव, डा रवी आचार्य, डा मिलन सिलवाल र सुवास गुरुङ रहेका छन्
नयाँ कार्यसमितिलाई बधाई दिँदै पूर्व अध्यक्ष डा विष्णु भण्डारीले रेसिडेन्ट डाक्टरहरुको हकहितमा र्यानलाई निरन्तर अघि बढाउन आग्रह गरे । उनले भने, ‘र्यानले रेसिडेन्ट डाक्टर र अन्य पेशागत हकहितमा सधैं अग्रसरता देखाएको छ । यो इतिहास कायम राख्ने अपेक्षा गरेको छु।’