काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा दुई प्रिफ्याब होस्टेल भवन निर्माण हुने भएका छन्। विद्यार्थीहरु होस्टेल अभावका कारण समस्यामा परेपछि स्वतन्त्र विद्यार्थी युनियन आईओएमले यसका लागि पहल गर्दै आएको थियो ।
पटक–पटकको दबाब पछि आईओएमले भवन निर्माणका लागि बोलपत्र आव्हान गरेको स्ववियू अध्यक्ष मिलन गैरेले बताए ।
उनका अनुसार होस्टेलमा पर्याप्त कोठा अभावका कारण अहिले विद्यार्थीले तेस्रो वर्ष पुगिसक्दा मात्रै होस्टेलमा बस्न पाउने अवस्था छ । नयाँ बन्न दुई तलाका दुई होस्टेलमा ३६ वटा कोठा हुनेछन्। जसले केही मात्रामा होस्टेलको अभाव चिर्ने गैरे बताउँछन् ।